झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका- ८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो साढे १ बजे पक्राउ पर्नेमा भारत दार्जेलिङका २२ बर्षीय शिवु घोष र २६ बर्षीया श्यामली सोरेनलाई प्रहारीले पक्राउ गरेको हो ।

लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ छुट्टाछुट्टै साईकलमा आउदै गरेको घोष र सोरेनलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ९४ ग्राम ५ सय ४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्