फूड डेलिभरी एप भोजको सेवा धरानमा सुरू

<span class='c1'>फूड डेलिभरी एप भोजको</span> <span class='c2'>सेवा धरानमा सुरू</span>

विराटनगर । नेपालको अग्रणी फूड डेलिभरी एप भोजले आफ्नो सेवा धरानमा सुरू गरेको छ।

सोमबार भोजले आफ्नो ७ औ शाखा धरानमा विस्तार गरेको हो ।

धरानका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट फास्ट फूड, किराना सामान र पार्सल आफ्नो घर र कार्यालयहरूमा डेलिभरीको मजा लिन सक्ने भोज फुड डेलिभरीले जनाएको छ । प्रत्येक अर्डरको साथ नि:शुल्क डेलिभरी र क्यासब्याक सुविधा रहेको भोज फुड डेलिभरीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ क्षितिज गौतमले जानकरी दिए।

भोज काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा र विराटनगर लगायत ७ सहरमा एक हजार भन्दा बढी रेस्टुरेन्ट साझेदार रहेको गौतमले बताए।

छिट्टै इटहरीमा फुड डेलिभरीको सेवा विस्तार गर्ने गौतमले जानकारी दिए।

भोजले गत वर्ष अक्टोबरमा विराटनगरको सबैभन्दा ठूलो खाना वितरण सेवा क्विकर फुड्सलाई अधिग्रहण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्