नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै

<span class='c1'>नक्कली भुटानी शरणार्थी प्रकरण :</span> <span class='c2'>आज तीन जनाको बयान लिइँदै</span>

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्