-द्वारिका नेउपाने
छोडि दिउ स्यालहरुलाई
सत्ता लोलुप्तामा रम्न देउ
नागरिक बेच्नेलाई
भो अब बिर्सी देउ
आमा बेच्नेलाई के दवाब दिन्छौ
बाउ बेच्नेलाई के सुझाव दिन्छौ
छोरी बेच्ने पिपासुलाई
कुन नाम दिन्छौ
सिमा बेची राष्ट्रवादी हुन देउ
राष्ट्र बेच्नेलाई लेन्दुप हुन देउ
आखिर चिच्याउने हामी त हो
सिंहदरबार पनि बेच्न देउ
नदि बेच्न देउ किन गनगन गर्छौ
नागरिकता बेच्न देउ किन चुक चुक गर्छौ
पशुपति पनि बेचे
अब बेच्न मात्र देउ
सुस्ता बेचे टनकपुर बेचे
मेरो लिम्पिया अनि
नेपाली स्वाभिमान बेचे
सके सम्म बेच्न देउ
गोर्खाली बेचे अस्तित्व बेचे
किन रुन्छौ अस्तित्व को लागि
स्वाभिमान को लागि
सगरमाथा त बेचे
मेची बेचे काली बेचे
आमाको सिंदुर अनि
बाउको फाटेको टोपी बेचे
बक्यौता के नै छ र हुन देउ
बेच्न बाकी के नै छ र बेच्न देउ
भाषा बेचे संस्कृति बेचे
हामीभित्रको नेपालीपन बेचे
दौरा सुरुवाल अनि कछाड पनि बेचे
ह ह माले ह ह तारे पनि बेचे
किन पिरलो गर्छौ गर्न देउ
मान्छे मार्ने लाई पनि सिङ्हासन देउ
स्यालहरुको झुन्डमा तिमी बेकामे छौ
रक्तपिपासुको भोजमा तिमी अन्तिम छौ
किन पिर चिन्ता गर्छौ
बेच्ने लाई बेच्न अनि
मार्ने लाई मार्न देउ
जिउदै जलाउने लाई उन्मुक्ती देउ
उन्मुक्ती देउ