संखुवासभाको अमरुवा खेल मैदानमा पहिलोपटक ‘फ्लड लाईट’ जडान

<span class='c1'>संखुवासभाको अमरुवा खेल मैदानमा</span> <span class='c2'>पहिलोपटक ‘फ्लड लाईट’ जडान</span>

विराटनगर ।संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका ७ अमरुवाको खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको छ ।

रात्रीकालिन खेलका लागि सहज बनाउने उद्देश्यले सोही स्थानका युवाहरुको प्रयासमा 'फ्लड लाईट' जडान गरिएको हो । पूर्वी पहाडी जिल्लामा पहिलो पटक खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको हो ।

सदरमुकाम खाँदबारीबाट ५७ किलोमिट दुरीमा रहेको सो स्थानबाट वैदेशिक रोजागरीका लागि देश बाहिर रहेका युवाहरुको सहयोग एवम् युवा सो रोजगार कार्यक्रम मार्फत खेल मैदानमा 'फ्लड लाईट' जडान गरीएको न्यु युवा क्लबका अध्यक्ष फडिन्द्र देवानले जानकारी दिए । उनका अनुसार करिब ५ लाखको लागतमा 'फ्लड लाईट' जडान गरिएको बताउदै उनले स्थानीय युवाहरुको अथक प्रयास र वैदेशिक रोजगारीमा गएका युवाहरुको सहयोगमा रात्रीकालिन फुटबल खेल्न लागि मैदान तयार गरिएको बताए ।

‘धर्मदेबी नगरपालिका ७ अमरुवाको युवाहरुको अथक प्रयास साथै देश बिदेशमा रहनु भएका युवाहरुको सहयोग, युवा सोरोजगार कार्यक्रम मार्फत करिब पाँच लाखको लागतमा फ्लट लाइट जडान गरिएको हो,’ उनले भने,‘ न्यु युवा क्लबको खेलमैदानमा 'फ्लड लाईट' जडान गरेर यहि बर्षदेखि रात्रीकालिन फुटबल खेल्नको लागि मैदान तयार गरिएको हो ।’

२०५२ सालमा आधिकारिक रुपमा क्लब दर्ता गरी सोही खेलमैदानमा विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएका सोही क्लबका संस्थापक रमेशकुमार जिमी बताउँछन् । सो स्थानका युवाहरुको मेहनत र परिश्रामले आज पहाडी क्षेत्रमा नमुना मैदान तयार गरिएको बताउदै उनले गतबर्षदेखि स्थानीय बालबालिकालाई खेल कौशलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले १४ बर्ष मुनिका ५२ जना बालबालिकालाई ग्रासरुट ट्रेनिङ संचालन समेत गरिएको बताए ।

खेलकुद क्षेत्रलाई विकासको मार्ग तर्फ लैजान र सो क्षेत्रका युवाहरुलाई उर्जा थप्न वडा कार्यालय सँधै साथ रहने धर्मदेवी नगरपालिका ७ का वडाध्यक्ष नवीन जिमी बताउछन् । उनले युवाहरुको सहकार्य र सहयोगमा खेलकुद क्षेत्रको विकासका लागि सँधै सहयात्री रहने उनले प्रतिवद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्