नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

<span class='c1'>नेपालले पनि सांस्कृतिक नक्सा जारी</span> <span class='c2'>गर्नुपर्छ : महामन्त्री थापा</span>

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सास्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।

बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो । उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पार्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्