कोशी प्रदेशकि उपसभामुख र उपनेतालाई पहिचानपक्षधरले गरेको दुर्व्यवहार प्रती एमालेको निन्दा

<span class='c1'>कोशी प्रदेशकि उपसभामुख र उपनेतालाई पहिचानपक्षधरले</span> <span class='c2'>गरेको दुर्व्यवहार प्रती एमालेको निन्दा</span>

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्नो उपसभामुख र उपनेतालाई गरेको दुर्व्यवहार प्रती निन्दा गरेका छन्।
आफ्ना दलका उपनेता राम राना मगर र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहारको प्रति निन्दा भएको दलको तर्फबाट प्रतिक्रिया दिँदै कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।
सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुर्व्यवहार प्रति घोर निन्दा रहेको उनले बताए ।
उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुप लागेर बस्नु आश्चर्यजनक छ ।’ भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी समेत दिए ।
‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं । अन्यथा यस्तो गतिविधि दोहोरिरहेमा चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं,’ उनले भने ।

पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए । इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए ।

यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुर्व्यवहार गरेका छन् ।
सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो । तर प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र नाअएको संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिम बताउछन् । उनले भने," संघर्ष समितिलाई आधिकारिक पत्र आएको छैन,मैदानमा थुप्रै पहिचाननादीहरु आन्दोलित छन् ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्