गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अच्युत आचार्य
हुने नहुने यहाँ जसले जे गर्दा नि हुने
बनाउने पापी यिनै हुन् नेपाल आमा रूने ।।१।।

कानुनको 'का' झिके यहाँ सुप्रिमहरूले ।
देखावटी नुनको सोझो गर्नेलाई चुने।।

चाहिदैन यहाँ भद्र र नम्र कुशल कसैलाई।
आफैँ धामी बोक्सी बन्ने कामचोर भए त हुने ।।३।।

नाघेर रेखा मकरमा होम्दै कैलाशमा शनि चढेको
छलेर सधैं अनित्य भई माधव बोलेको सबैले सुने ।।४।।

च्यूतैच्यूत भका यिनैले मिचेर ऐन उल्लङ्घन गर्दा
च्यूतै नहुने अच्युत कानुनले यिनलाई थुने।। ५।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्