अस्ट्रेलियामा विवाहको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु

<span class='c1'>अस्ट्रेलियामा विवाहको बस अनियन्त्रित भई</span> <span class='c2'>पल्टिँदा १० जनाको मृत्यु</span>

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार राति बायाँपट्टि पल्टेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूको अस्पताल पुर्‍याएका थिए ।

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उनलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताएका छन्।

'उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,' उनले भने, 'हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं।'

च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए । विवाहमा सहभागी भएका यात्रुहरु आ–आफ्नो आवासतर्फ जाँदै गरेका थिए।

अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभइ बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्