पुरुष बास्केटबल : नेपालले पाकिस्तानलाई हरायो

<span class='c1'>पुरुष बास्केटबल :</span> <span class='c2'>नेपालले पाकिस्तानलाई हरायो</span>

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो ।

नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्