नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : महानगरप्रमुख साह

<span class='c1'>नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने</span> <span class='c2'>छैन : महानगरप्रमुख साह</span>

काठमाडौं । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिनुभएको छ ।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताउनुभयो । “म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई मसँग अन्य जानकारी छैन”, उहाँले भन्नुभयो ।

‘आदिपुरुष’ को संवादमा बनाइयो आवाजरहित

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

समितिका सदस्य ऋषिराज आचार्यले संवाद आवाजरहित बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको जानकारी दिनुभयो । “चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादलाई अनिवार्यरूपमा आवाजरहित (बीप) गर्न लगाई सोपश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो । त्यो ल्याएपछि उहाँले अनुमति पाउनु हुन्छ”, सदस्य आचार्यले भन्नुभयो ।

रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्