धरानको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन

<span class='c1'>धरानको खानेपानी व्यवस्थापनका लागि ४</span> <span class='c2'>करोड रुपैयाँ बजेट विनियोजन</span>

कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले बजेट छुट्याएपछि धरानका मेयर हर्क साम्पाङ खुशी हुँदै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘प्रदेश सरकारलाई हार्दिक धन्यवाद ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्