स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष गर्ग, आनन्द चौधरी, रामप्रसाद आचार्य र महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन्।
उपाध्यक्ष भारत खत्री विराटनगरस्थित बिग होटेलका संचालक समेत हुन् । उनी ऊर्जासाथ साथै हस्पिटालिटी क्षेत्रमा समेत सक्रिय रहेका छन् ।
त्यस्तै, सचिवमा विक्रम बिष्ट , भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल र हिमप्रसाद पाठक तथा कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्त निर्वाचित भएका छन्। काठमाडौँमा बिहीबार आयोजित वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।