विराटनगर । नेपालको अग्रणी फूड डेलिभरी एप भोजले आफ्नो सेवा इटहरीमा सुरू गरेको छ।
शुक्रबारदेखि भोजले आफ्नो ८ औँ शाखा इटहरीमा विस्तार गरेको हो ।
इटहरीका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट स्वादिष्ट खानेकुरा र पार्सल आफ्नो घर र कार्यालयहरूमा भोज मार्फत अर्डर गर्न सक्ने भोज फुड डेलिभरीले जनाएको छ।
अब ग्राहकहरूले अब विभिन्न KFC,आगन ,पेपे पिज्जा,रेस्टुरेन्टहरूबाट फास्ट फूड, किराना सामान र पार्सल आफ्नो घर र कार्यालयहरूमा डेलिभरीको मजा लिन सक्ने भोज फुड डेलिभरीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ क्षितिज गौतमले जानकरी दिए।
प्रत्येक अर्डरको साथ नि:शुल्क डेलिभरी र क्यासब्याक सुविधा रहेको भोज फुड डेलिभरीले जनाएको छ।
भोज काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा र विराटनगर,धरान लगायत ८ सहरमा एक हजार भन्दा बढी रेस्टुरेन्ट साझेदार रहेको गौतमले बताए।