ताप्लेजुङमा सडक अवरुद्ध, बेपताहरूको खोजी कार्य र उद्धारमा सास्ती

<span class='c1'>ताप्लेजुङमा सडक अवरुद्ध, बेपताहरूको खोजी</span> <span class='c2'>कार्य र उद्धारमा सास्ती</span>

फुङ्लिङ । ताप्लेजुङमा आइतबारदेखि आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपताहरूको खोज तथा उद्धार कार्यका लागि सास्ती भएको छ ।

सिरिजङ्गा गाउँपालिकाको एक, सिदिङवा गाउँपालिकाको एक र मैवाखोला गाउँपालिकाको एक गरी तीन वटा पक्की मोटरेबल पुल पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । धेरै ठाउँमा मोटरेबल पुलहरू क्षतिग्रस्त भएका छन् । त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानसमेत बन्द भएको छ ।

शनिबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामाथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएर रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले जानकारी दिनुभयो । तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो दूरी र लामो दूरीमा चल्ने सवारी साधनहरू ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहेले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गए राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।
व्यवस्थापन समितिका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ ।

गए राति ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढीपहिरोले सडक र पुलमा क्षति पु¥याउँदा करिब रु ५० करोड बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयले जनाएको छ ।

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचाहरूको पूर्णरूपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो ।

शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र आज दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । तीनजना अझै बेपता छन् । बेपताहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिकामा एक गरी ५१ घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा पाँच गाई, दुई भैँसी र आठ बाख्रा बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिङ्गा गाउँपालिकामा चार, सिदिङवा गाउँपालिकामा चार र पाथीभरा याङवरक गाउँपालिका एक गरी नौ वटा घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै सिदिङवा गाउँपालिका एक र सिरिजङ्गा गाउँपालिकामा एक गरी दुई वटा विद्युत्गृह पूर्णरूपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा र खेवाङमा गरी सात वटा सरकारी कार्यालय पूर्णरूपमा क्षति भएको छ । सिरिजङ्गा गाउँपालिका–८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै एक कुखुरा फर्म पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्