बाढी तथा पहिरोको जोखिम: पाँचथरको तीन वटा पालिकाका विद्यालय बन्द

<span class='c1'>बाढी तथा पहिरोको जोखिम: पाँचथरको</span> <span class='c2'>तीन वटा पालिकाका विद्यालय बन्द</span>

पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो ।

निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिनुभयाे ।

गएकाे शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोकाे जाेखिम बढेकाे हाे । बर्खे बिदाबाट कटान हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको अधिकृत दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्