प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

<span class='c1'>प्रधानमन्त्रीसँग असार ८ गते</span> <span class='c2'>प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने</span>

काठमाडौँ । प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराउनुभयो ।

सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गर्नुभयो ।

असार ८ गते हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ । यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्