टाइटानिकको खोजीमा गएको टोलीका पाँचै जनाको मृत्यु

<span class='c1'>टाइटानिकको खोजीमा गएको टोलीका</span> <span class='c2'>पाँचै जनाको मृत्यु</span>

टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ ।

चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ ।

रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग भन्नुभयो , “विश्लेषणले टाइटानिक जहाजको धनुषबाट १,६०० फिट (५०० मिटर) टाढा समुद्री सतहमा फेला परेको मलबेलाई पनडुब्बीको ‘प्रेसर चेम्बर’ को दुर्घटनासँग मिल्दोजुल्दो देखाएको छ ।

“संयुक्त राज्य अमेरिकाको तटरक्षक बल र सम्पूर्ण एकीकृत कमाण्डको तर्फबाट, म परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,” मौगरले भन्नुभयो ।

जहाजमा बेलायती अन्वेषक हामिश हार्डिङ, फ्रान्सेली पनडुब्बी विशेषज्ञ पल हेनरी नार्गोलेट, पाकिस्तानी–बेलायती टाइकून शाहाजादा दाउद र उहाँका छोरा सुलेमान तथा पनडुब्बीको अपरेटर ओसनगेट एक्सपिडिसन्सका कार्यकारी प्रमुख स्टकटन रश हुनुहुन्थ्यो ।

ओसियनगेटले भनेको छ, “यस दुःखद घडीमा यी पाँच आत्मा र उनीहरूका परिवारका हरेक सदस्यप्रति हामी समवेदना व्यक्त गर्दछौँ ।”

“यी व्यक्तिहरू साँचो अन्वेषकहरू थिए जसले साहसिक कार्यको अग्रता लिए र विश्वका महासागरहरूको अन्वेषण र संरक्षणको लागि गहिरो चाहना गरका थिए,” ओसिएनगेटको विज्ञप्तिमा भनिएको छ ।

पानीमुनिको रोबोट ‘मलबेको क्षेत्र’ अर्थात् टाइटानिकको भग्नावशेष क्षेत्रमा पुगेको तटरक्षक बलले बिहीबार जानकारी गराएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्