विराटनगर । शैशव मञ्च नेपाल मोरङ जिल्ला अध्यक्षमा सामाजिक अभियानता अभय मगर नियुक्त भएका छन् ।
विभिन्न सामाजिक संस्था, बालबालिका क्षेत्र लगायत सामाजिक कार्यमा सक्रिय रहेका सामाजिक अभियानकर्मी मगरले ‘बालमैत्री देश बनाउने, हाम्रो अभियान’ मुल नारा रहेका शैशव मोरङ जिल्ला समिति अध्यक्ष पदको जिम्मेवारी पाएका हुन्।
शैशव मञ्च नेपालका केन्द्रीय अध्यक्ष सामाजिक अभियानता दिवश कार्कीको प्रमुख अतिथिमा , मोरङ जिल्ला प्रतिनिधि पुजा न्यौपानेको सभापतिमा बसेको भेलाबाट सर्वसहमत मगरलाई २ वर्षका लागि मोरङ जिल्ला समिति अध्यक्ष पदको जिम्मेवारी सुम्पिएका जानकारी दिएका छन् ।
मोरङ जिल्ला अध्यक्ष पदको जिम्मेवारी पाएको मगरले शैशव मञ्च नेपालको नाम र गरिमालाई सदैव आत्मसम्मान गर्दै सामाजिक कार्यहरु गर्ने बताए।