फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा शम्भु साह विजयी

<span class='c1'>फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको</span> <span class='c2'>अध्यक्षमा शम्भु साह विजयी</span>

विराटनगर । नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको चुनावमा दुई समूह चुनावी मैदानमा प्यानल बनाएर होमिएकोमा शम्भु साहसहितको प्यानल विजयी भएको छ ।

५४६ मत खसेकोमा शम्भु साहले ३५२ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्द्वी विबेक दाहालले १८३ मत प्राप्त गरेका थिए ।

यस्तै, शम्भु साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण (बीएन) चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिप खड्का,खुला सदस्यमा विजय कार्की र रश्मि अधिकारी , महिला सदस्यमा संगीना कुमारी चौधरी अत्यधिक मतका साथ विजयी भएका छन् ।

निर्वाचनमा प्यानल नै विजयी भए पश्चात् अध्यक्षमा विजयी शम्भु साहले चुनावी नतिजा जे भए पनि अबका दिनमा समग्र फार्मेसी समुदायको हित हुने गरि कार्य गर्ने र सबैले आफ्नोपन महसुस गर्ने गरि पेशागत हकहितका लागि सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अबका क्रममा बिभिन्न उपसमितिहरु बनाएर सबैलाई समेटेर पेशागत हक हितका लागि निर्वाचनका प्रतिबद्धताहरुमा काम गर्ने नव निर्वाचित सचिव दिपेन्द्र खड्काले बताए।
नेपाल फार्मास्युटिकल एसोसिएसनको पहिलो पटक प्रदेशमा चुनाव भएर नयाँ कार्यसमितीहरु चयन हुने क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्