कोशी प्रदेश : सामाजिक विकासमन्त्री राजभण्डारी विरुद्ध मुद्दा दायर

<span class='c1'>कोशी प्रदेश : सामाजिक विकासमन्त्री</span> <span class='c2'>राजभण्डारी विरुद्ध मुद्दा दायर</span>

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध मुद्दा दायर भएको छ ।

मन्त्री राजभण्डारीले शिक्षादिप कलेजले आइतबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायधीशले पैसा खाएर स्टेअर्डर दिएको भन्ने विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका कारण उनी विरुद्ध मंगलबार अदालतको अपहेलना मुद्दा दायर भएको हो ।

मन्त्री राजभण्डारीले कार्यक्रममा दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अभिवक्ता उद्धबचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन् । कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीलेले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा समेत समेत दिएका थिए ।
मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अपहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्यविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्