काेशी प्रदेशमा जसपा तटस्थ बस्ने निर्णय

<span class='c1'>काेशी प्रदेशमा जसपा</span> <span class='c2'>तटस्थ बस्ने निर्णय</span>

विराटनगर । जसपाले काेशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेकाे छ ।

जसपा दलकाे बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेकाे हाे ।

आज बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे तयारी छ ।

जसपा काेशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको भन्दै विज्ञप्तिसमेत जारी गरेको छ । 'हामी पहिचानको आन्दोलनमा छाैं, मतदान प्रक्रियामा सहभागी हुन्नाैं, उनले भने,´पार्टी प्रदेश कमिटी र संसदीय दलकाे निर्णय यहि हाे ।`

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेकाे जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे । जेठ २३ गते माअाेवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्