ललिता निवास प्रकरण : थप तीन पक्राउ

<span class='c1'>ललिता निवास प्रकरण :</span> <span class='c2'>थप तीन पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ ।

ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्