बाल वातावरण केन्द्रद्धारा संखुवासभाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

<span class='c1'>बाल वातावरण केन्द्रद्धारा संखुवासभाका विपन्न</span> <span class='c2'>विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान</span>

संखुवासभा । बाल वातावरण केन्द्र नेपालले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मंगलबार संखुवासभाको खाँदबारी नगरपालिका –७ बेलडाडाँस्थित जनचाहना आधारभूत विद्यालयका विद्यार्थीलाई बाल वाततावरण केन्द्रले शैक्षिक सामाग्री वितरण गरेको हो ।

विपन्न बालबालिकालाई झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको बाल वातावरण केन्द्र नेपालका अध्यक्ष रक्माङ्गत काफ्लले जानकारी दिए ।
न्यून आए भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने अध्यक्ष काफ्लले बताए ।

शैक्षिक सामग्री पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताए । कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उनको भनाइ छ । बाल वातावरण केन्द्र नेपालले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला, कापी,कलम हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्