विराटनगर । सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ पुगेको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।