आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने

<span class='c1'>आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने</span> <span class='c2'>र वर्षको सबैभन्दा लामो दिन हुने</span>

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ ।

पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन लामो हुन जाने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मीको अनुभूति समेत हुनेछ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास छ।

सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्