नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टमा परेको आईपीओ आवेदन फिर्ता लिन सकिने व्यवस्था गरेको छ ।
आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी गरेपछि तीन दिनको समय दिन सकिने व्यवस्था बोर्डले गरेको छ । यस्तै निष्कासन पुनः खोल्न सकिने व्यवस्था पनि गरिएको छ । निष्कासन खुला गरेको समयमा सबै शेयर बिक्री नभए अर्को १५ दिन थप गर्न सकिने प्रावधान राखिएको छ ।
बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ । घोराहीमा आवेदन दिएकाहरूले लगानी झिक्नमात्र नभई थपघट गर्न पनि तीन दिनको समय पाउँनेछन् । बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको शेयर निष्कासन प्रक्रिया तत्काललाई रोकेको थियो ।
कम्पनीको धेरै आवेदन परेको देखाउन फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।