युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले मासिक २० हजार रुपैयाँ दिने

<span class='c1'>युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले</span> <span class='c2'>मासिक २० हजार रुपैयाँ दिने</span>

काठमाडौं- युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच बैंकका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकले लामिछानेलाई दुई वर्षसम्म आजैका मितिदेखि लागू हुनेगरी मासिक २० हजार रुपैयाँ प्रदान गर्नेछन्। उक्त रकम पछि बढाउन पनि सकिने बैंकले जनाएको छ।

बैंकका सिइओ दाहालले समाजिक उत्तरदायित्वअन्तर्गत लामिछानेलाई सहयोग गरेको बताए। 'युवा क्रिकेटरलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,' सिइओ दाहालले भने, 'हामीले समग्र नेपाली क्रिकेटको विकासका निम्ति पनि अगामि दिनमा सहयोग गर्दै जानेछौं।'

उक्त सम्झौता नेपाल क्रिकेट खेलाडी संघको पहलमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्