कोशी प्रदेश : मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रिया विरुद्ध एमाले र राप्रपा अदालत जाने

<span class='c1'>कोशी प्रदेश : मुख्यमन्त्री उद्धव थापाको नियुक्त</span> <span class='c2'>प्रक्रिया विरुद्ध एमाले र राप्रपा अदालत जाने</span>

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रिया विरुद्ध अदालत जाने भएका छन् ।

संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमाले र राप्रपा आजै सर्वोच्च अदालतमा रिट दर्ताका लागि जाने पूर्वमुख्यमन्त्री हिक्कमकुमार कार्कीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री थापाले बिहिबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा र एकिकृत समाजवादी समिलित दलको समर्थन भए पनि बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । त्यसो त प्रदेश सरकार गठनमा सभामुखको हस्ताक्षर गराएर असंवैधानिक काम भएको भन्दै गठबन्धन दलभित्रै विरोध भईरहेको छ ।

सभामुख बाबुराम गौतमले अन्तिम अवस्थामा आफूले प्रदेशलाई निकास दिन बाध्य भएको बताए । अहिले तत्काललाई प्रदेश प्रमुखले उपधारा २ लाई प्रयोग गरेर माग्नुभएको हुँदा त्यही उपधारालाई प्रयोग गरेर त्यही उपधाराको अन्तिम अवस्थामा निकास खोल्न बाध्य भए म,’उनले भने,‘मैले यतिकै डेटलक राख्नु हुँदैन भनेर खोलको हो बाँकी राजनीतिक समिकरण ठिक भएर जाँदा सही निकास पाएर जान्छ प्रदेशले सुनिश्चितता हाँसिल गर्छ, विकास ल्याउछ त्यो भएन भनेर अस्थिरतामा जान्छ र संघीयता गुम्ने खतरा देख्छु यसमा सबैलाई जिम्मेवार हुन आग्रह गर्छु ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्