सभामुख गौतम भन्छन् : अप्ठयारोमा मैले राजिनमा दिन पनि सक्छु

<span class='c1'>सभामुख गौतम भन्छन् : अप्ठयारोमा</span> <span class='c2'>मैले राजिनमा दिन पनि सक्छु</span>

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अप्ठयारो परिस्थिति आए राजिनामा दिन तयार रहेको बताएका छन् ।सभामुख गौतमले संचारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

कसैको डर, करले भन्दा पनि आफ्नो नैतिकता रहने बताउदै उनले अप्ठयारो परे राजिनमा दिन पनि सकिने बताए । बिहिबार सभामुखको हस्ताक्षरसहित कोशी प्रदेशका नवनियुक्त उद्धव थापाको नियुक्ति प्रक्रिया संविधान विपरीत भएको भन्दै सभामुख गौतम विवादमा तानिएका छन् ।

यता, मुख्यमन्त्री थापाको नियुक्त प्रक्रियाविरुद्ध नेकपा एमाले सर्वोच्च अदालतमा रिट दर्ताका लािग समेत गएका छन् । सभामुख गौतमसँग नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको सपथ ग्रहण कार्यक्रम समापनपछि संचारकर्मीसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईलाई प्रदेशसभा सदस्य भनेर सम्बोधन गर्ने की सभामुख ?

त्यो तपाईहरुको विचार हो अहिले म पदमै बहालीमा छु । पछिल्लो तपाईको हस्ताक्षरले सरकार गठन प्रक्रिया नै विवादमा तानिएको छ यो विषयमा तपाई के भन्नु हुन्छ ? त्यस्तो केही पनि भएको छैन । आजसम्मको परम्परालाई हेर्दा सभामुखको नाम सरकार गठनमा गएको देखियो प्रमाणित आधारहरु पुष्टि देखियो । राष्ट्रपति कार्यालयमा फायलहरु सुरक्षित नै होलान् । सबै प्रदेश सरकार बन्दा सभामुखहरको नाम जानेगरेको मैले पाए त्यसपछि नाम जान्छ भन्नेकुरामा म ढुककै थिए । अलिकति विशिष्ट के भयो भने यहाँ साथीहरुले नाम छुटै सहि गर्नुपर्ने प्रावधानको विषयमा म आफू तयार थिइन तर अन्तिम अवस्थामा निकास नदई नहुने अवस्था पनि देखा पर्यो जसकारण मैले समहमति दिएको हो ।

यो निर्णयलाई अदालतले उल्टयाइदियो भने नि ?
अदालत हामी सबैले मान्नुपर्ने संस्थाहो । अदालतले उल्ट्यायो भने त्यो उसको कुरा हो ।

तपाईलाई हस्ताक्षर गर्नु कसले बाध्य बनायो ?
यो अहिले निकास दिने सवालमा मैले गरेको भन्दा भयो ।
हस्ताक्षरको विवादमा पार्टीले तपाईको राजिनामा माग्यो भने के गर्नु हुन्छ ?

राजिनामाको प्रसंग परिस्थितिमा आउनुसक्छ । ४६-४६ को सरकार चलाइरहन पनि सक्दैनौ त्यति सहज पनि छैन । सहज नभएको हुँदा असहज अवस्थमा सरकार पनि टिक्दैन र सभामुख पनि रहिरहन सक्दैन यसको निकास निक्लिनुपर्छ ।

त्यसो भए सरकार बनाउन सभामुख पद नै दाउमा राख्नुभएको हो ?
दाउ भन्दा पनि परिस्थितिको उपज हो । पहिलो कुरा सरकार विघटन हुनेबेलामा तयारी हुनपर्दथ्यो त्यो सहज तरिकाको तयारी भएको रहेनछ भन्ने बुझियो । सहज अवस्था नभएपछि त्यहा सभामुख सहभागि भएर सरकार बनेको अवस्था छ ।

धेरै पटक बारमबार यो आइरहने कुरा हून्छ । हरेक विद्येयकहरुमा आउला त्यसैले बहुमत सिद्ध गर्नु आवश्यकता हुन्छ त्यो कुराको लागि मैले त्यो सरकारले पुर्याउने बल गर्नुपर्छ । सभामुखले प्रत्येक चोटी त्यसमा सहयोग गर्नेमा बन्छ कि बन्दैन त्यो अवस्था अपेक्षामा नै रहिरयो भने कसैको दबाबमा होइन मेरो इच्छाले नै राजिनामा दिनुपर्ने परिस्थिति हुन्छ ।

भनेपछि सभामुख त्याग तयार हुन्छ ?
त्याग गर्ने होइन। तर, कसैको डरले करले भन्दा पनि त्यो मेरो आफ्नो नैतिकताको कुरापनि पर्न सक्छ । त्यो अप्ठयारोमा मैले राजिनमा दिन पनि सक्छु ।

नैतिकताको कुरा गर्नुभयो नैतिक प्रश्न अहिले पनि उठयो नि ?

होइन, उठेको त छ तर यसको निकास चाँही के त ?
दुईदुई तिर बाँडिएको छ र यो सरकार नबन्न निरन्तरताको अवस्थामा देशले यो प्रदेशलाई डेटलक राख्न सक्दैन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्