भायनेटको नयाँ अफर: वार्षिक इन्टरनेट नवीकरण गर्दा २ महिना निःशुल्क

<span class='c1'>भायनेटको नयाँ अफर: वार्षिक इन्टरनेट</span> <span class='c2'>नवीकरण गर्दा २ महिना निःशुल्क</span>

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकका लागि नवीकरण अफर ल्याएको छ।

अफर अन्तर्गत भायानेटको कुनैपनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने जनाएको छ।

यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ। यसरी यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात रहेको कम्पनीको दाबी छ।

नविकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्