विश्वको औसत तापक्रमले तोड्यो रेकर्ड,विज्ञहरू भन्छन्- अझै ताता दिन आउनेवाला छन्

<span class='c1'>विश्वको औसत तापक्रमले तोड्यो रेकर्ड,विज्ञहरू भन्छन्-</span> <span class='c2'>अझै ताता दिन आउनेवाला छन्</span>

यो साता विश्वको औसत तापक्रमले यसअघिका रेकर्ड लगालग तोडेको छ। द न्युयोर्क टाइम्सका अनुसार विश्वको औसत तापक्रम सोमबार र मंगलबार दुई दिन लगातार बढेर नयाँ रेकर्ड कायम भएको हो।

यसअघि विश्वको दैनिक औसत तापक्रम सबैभन्दा धेरै सन् २०१६ अगस्ट १४ मा पुगेको थियो। त्यतिबेला विश्वको दैनिक औसत तापक्रम १६.९२ डिग्री सेल्सियस मापन भएको थियो। गत सोमबार विश्वको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको थियो। त्यो दिनको रेकर्ड अर्को दिन फेरि तोडियो। मंगलबार विश्वको ‌औसत तापक्रम १७.१८ डिग्री सेल्सियस पुग्यो।

विश्वको तापक्रमको मापन सन् १९४० देखि सुरू गरिएको हो। विज्ञहरूले तापक्रम मापन गर्न थालेदेखि मात्र नभई मंगलबार १ लाख २५ हजार वर्षपछिकै सबैभन्दा तातो दिन भएको हुन सक्ने बताएका छन्।

बेलायतको ग्रान्थाम इन्स्टिच्युटका जलवायु वैज्ञानिक पाउलो सेपीले आफूहरूको एउटा डेटा मोडलमा मंगलबारको तापक्रम १ लाख २५ हजार वर्षकै सबैभन्दा बढी भएको देखिएको उल्लेख गरे।

वैज्ञानिकहरूले यो वर्ष अझै ताता दिन आउन बाँकी रहेको पनि बताएका छन्।

यसपालि उत्तरी मेक्सिको र अमेरिकाका दक्षिणी राज्यहरूमा हिट वेभ चलेको थियो। भारतमा हिट वेभका कारण ४४ जना मानिसको मृत्यु भएको थियो भने दक्षिण पूर्वी एसियाली मुलुक र चीनमा पनि उत्पात गर्मी भएको थियो।यसपालिको जुन महिना अहिलेसम्मकै तातो जुन महिना बनेको बेलायती अधिकारीहरूले बताएका छन्। बेलायतमा सन् १८८४ तापक्रम मापन सुरू गरिएको हो।

बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जेक हाउसफादरले हरित गृह ग्यासको उत्सर्जन निरन्तर जारी रहेकाले वैज्ञानिकहरूले अनुमान गरेअनुसार नै विश्वको तापमान बढ्ने बताए।

१९ औं शताब्दीयता विश्वको सरदर तापक्रम २ डिग्री फरेनहाइटले बढेको छ। जैविक इन्धनको प्रयोग र वन विनाश नरोकेसम्म तापक्रम बढ्ने क्रम जारी रहने उनको भनाइ छ।

मानवीय गतिविधिसँगै प्रशान्त महासागरमा हुने एल लिनो प्रणाली पनि यसपालिको गर्मीमा उत्तरी गोलार्द्धमा तापक्रम बढाउने कारण बनेको छ।

प्रशान्त महासागरमा ला लिना प्रणाली हुँदा तापक्रम कम हुने र एल लिनो हुँदा तापक्रम बढ्ने हुन्छ।

डाक्टर हाउसफादरले प्रशान्त महासागरमा अस्वाभाविक रूपमा तीन वर्षदेखि लगातार एल लिनो भइरहेकाले पनि यसपालि तापक्रम निकै बढेको बताए।

एल निलो अझै विकास भइरहेको र आगामी डिसेम्बर/जनवरीमा मात्र यो उत्कर्षमा पुग्ने भएकाले औसत तापक्रम बढ्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यसको अर्थ अर्को वर्ष झन् धेरै ताता दिनहरू हुन सक्ने देखिएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्