अपर तामोकोशी र सिनर्जी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति

<span class='c1'>अपर तामोकोशी र सिनर्जी पावर</span> <span class='c2'>कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति</span>

नेपाल धितोपत्र बोर्डले अपर तामोकोशी र सिनर्जी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति दिएको छ । बोर्डले २० असारमा सिनर्जी पवार कम्पनी लिमिटेड र २१ असारमा अपर तामोकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो ।

विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएर बोर्डमा पुगेको सिनर्जी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो । विद्युत नियमन आयोगले कम्पनीलाई माघ १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति दिएको थियो।

कम्पनीले २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउने भएको छ । कम्पनीले दोलखा १० मेगावाट क्षमताको निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हकप्रद सेयर निकासन गर्न सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

अपर तामाकोशीले १ः१ को अनुपात अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरका दरले हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई सहबिक्री प्रबन्धक नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्