गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा
खुसी खोज्दा खोज्दै एकदिन जिन्दगी सकिन्छ
बरु दुश्मनले साथ देला  आफन्तले चोट दिन्छ

दु :ख परेको बेला कसैले चिन्दैनन् तपाईलाई
टन्न पैसा बोकेर हिड्नुस पराईले पनि चिन्छ

दुनियाँ  स्वार्थी छ  महोदय, यो  कलियुग हो
यहाँ  औकात धनको  तराजुमा  जोखिन्छ

कसै माथि विश्वास गर्ने जमाना छैन  यहाँ
मुखमा राम राम बगलीमा छुरा हुने भेटिन्छ

समय, मौसम र मान्छे एकै भन्ने सुनेको थिए
हो रहेछ, थाहै नहुने  को कतिबेला बदलिन्छ

जिन्दगी पनि एक गन्तब्य विहिन यात्रा भयो
कहाँ पुगेपछि दोबाटो आउँछ, बाटो मोडिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्