गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अच्युत आचार्य
आफू आफू एक अर्कामा गर्छौ हानाहान ।
अबुझ सरी मौन बनी बस्छौ जानाजान ।।१।।

थाहै नदिई पालै पालो कहाँ धाउँछौ
घरमा छाडी सधैँ भरी एक्लो जहान् ।।२।।

आफूमाथि सधैँ प्रश्न उठीरहदा
बन्द गर्छौ बह्रो बनी आफ्नो दुवै कान् ।।३।।

आजभोलि कस्तो पाठ सिक्यौ तिमीले
घरको गाह्रो ढल्दा पनि गर्छौ तानातान् ।।४।।

आफ्नो घरमा पराइको चलाई रजाइँ
झुकाउदैछौ च्यूतै नहुने अच्युतको शान् ।।५।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्