विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तारमा गठबन्धन दलको नेकपा एकीकृत समाजवादी असन्तुष्टि व्यक्त गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले आज (आइतबार) थप तीन जना मन्त्री नियुक्त गर्दै छन् ।
यसअघि एक जना मन्त्री थप्ने सहमति भए पनि तीन मन्त्री थप हुँदा आफ्नो पार्टीबाट नपरेको र छलफल समेत नगरिएको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राइले बताए ।
एकीकृत समाजवादीबाट यस अघिनै कमल प्रसाद जबेगु मन्त्री नियुक्त भईसकेका छन् ।
आज नियुक्त हुने तीन मन्त्रीहरु माओवादीका जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्री मन्त्री रहेका छन् । उनीहरुको आजै सपथ ग्रहण हुनेछ ।
कोशीमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए । उनलाई मुख्यमन्त्री नियुक्त गर्दा दाबी पेश गर्दा सभामुखले समेत हस्ताक्षर गरेको भन्दै नेकपा एमाले अदालतसमेत पुगेको छ ।