संसदको अवरोध हटाउन जुट्यो सहमति

<span class='c1'>संसदको अवरोध हटाउन</span> <span class='c2'>जुट्यो सहमति</span>

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधिसभाको बैठक आज तीन बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्