सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना

<span class='c1'>सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ</span> <span class='c2'>एयरको हेलिकोप्टर दुर्घटना</span>

विराटनगर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

बाँस्तोलाका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए । विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । भने ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिए। त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

दुर्घटनाको विवरण भने आउन बाँकी छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्