हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

<span class='c1'>हेलिकोप्टर दुर्घटनाबारे छानबिन</span> <span class='c2'>गर्न समिति गठन</span>

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “मेक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ, मन्त्रिपरिषद्ले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।”

आज बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको एयरको ९–एन–एमभी कलसाइन हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्