असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेन, रोपाइँ प्रभावित

<span class='c1'>असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी</span> <span class='c2'>पर्न सकेन, रोपाइँ प्रभावित</span>

असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ । मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।गएराति कोशी प्रदेशको झापामा ठूलो वर्षा भएको थियो । आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यसपालिको मनसुनमा अहिलेसम्म खण्ड खण्ड भएर पानी परिरहेको छ । कुनै एक क्षेत्रमा ठूलो वर्षा भए पनि नजिकैको अर्को क्षेत्रमा सुक्खा छ ।मनसुनको शुरुवातमा कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा लगातारजसो ठूलो वर्षा भएको थियो ।

त्यसपछि भने खासै पानी पर्न सकेको छैन । यसपालिको मनसुनमा सरदर भन्दा कम वर्षा हुने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्