नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

<span class='c1'>नक्कली भुटानी शरणार्थी प्रकरणमा</span> <span class='c2'>फरार एक पक्राउ</span>

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्