सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछाैँ : मन्त्री मोदी

<span class='c1'>सङ्घीय निजामती सेवा ऐन छिट्टै</span> <span class='c2'>ल्याउँछाैँ : मन्त्री मोदी</span>

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउनुभएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार सङ्घीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।” उहाँले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ”, उहाँले भन्नुभयो, “तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन् । साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ ।”

उहाँले एक लाख ३७ हजार कर्मचारीमध्ये सङ्घ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्