सप्तकोशी नदीमा खसेको मालवाहक ट्रक एकदिनपछि निकालियो

<span class='c1'>सप्तकोशी नदीमा खसेको मालवाहक</span> <span class='c2'>ट्रक एकदिनपछि निकालियो</span>

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ ।

शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो ।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।

ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो । सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो ।

ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो ।

तस्बिर : कोशी ब्यारेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्