‘अला कार्ट’ प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने

<span class='c1'>‘अला कार्ट’ प्रणाली कार्यान्वयन नगर्ने</span> <span class='c2'>विदेशी च्यानल आजदेखि बन्द हुने</span>

सरकारले ‘अला कार्ट’ प्रणाली लागू गर्ने निर्णय गरेसँगै आजदेखि तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् ।

सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्रालि वितरकलगायत तीनवटा कम्पनी अलाकार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका हुन् । योसँगै अलाकार्ट प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने विभागले जनाएको छ ।

आलाकार्ट प्रणाली लागू भइसकेपछि अहिले ओटीटीमार्फत् प्रसारण भइरहेका सबै च्यानल स्वतः बन्द गर्नुपर्ने विभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत १५ गते टेलिभिजन सेवामा ‘अला कार्ट’ मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

स–शुल्क टेलिभिजन च्यानलबापत मासिक अधिकतम २५० रूपैयाँभन्दा बढी उपभोक्ताबाट लिन नपाइने व्यवस्था भएको छ । सःशुल्क टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषय वस्तुहरु समावेश भएको हुनुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्