विराटनगरको शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजलाई प्रेस्टिजियस</span> <span class='c2'>प्लस टु अवार्ड</span>

विराटनगर । विराटनगर ९ स्थित शिक्षादीप कलेजलाई 'प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड, २०८०' प्रदान गरिएको छ ।

आइतबार काठमाडौंमा केन्द्रबिन्दु डटकमले आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड प्रदान गरिएको हो ।

शिक्षादीपले २०५३ सालदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो।

प्लस टुसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । शिक्षादीपमा कक्षा १२ सम्मको अध्ययन गरेकी अदिति जैनले 'एमबीबीएसको इन्ट्रान्स परीक्षामा देशैभरका छात्राबाट आफुलाई पहिलो नम्बरमा नाम निकाल्न सफल हुनुले पनि यो स्कुलको उचाई मापन सहज बनाइ दिएको छ। आफ्नै सुविधा सम्पन्न भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय शिक्षादीपका विशेषता हुन् । शिक्षादीप कलेज विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीहरुको पहिलो रोजाईमा पर्दै आएको छ । सम्मान कलेजका निर्देशक रामचन्द्र अधिकारीले ग्रहण गरेका थिए।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले अवार्ड पाएसंगै काम गर्न थप हौसला मिलेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्