सहमतीय सरकार निर्माणका लागि पहल हुदैछ : गच्छदार

<span class='c1'>सहमतीय सरकार निर्माणका लागि</span> <span class='c2'>पहल हुदैछ : गच्छदार</span>

प्रेम देवान/विराटनगर २७ असार : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए । उनले सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा टुङ्गो नलागेको स्पष्ट पारे । उपप्रधानमन्त्री गच्छदारले वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई अन्त्य गर्दै प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने विषयमा सरकारमा रहेका गठबन्धनका दलहरुबीच समझदारीसमेत भएको उल्लेख गरे ।

उनले वर्तमान संसद्को अवधि २०७४ माघ ८ गतेसम्म मात्र रहेकाले सोही समयावधिभित्र तीनवटा निर्वाचन गराउनुपर्ने बाध्यता रहेकाले दलहरुबीच सहमति आवश्यक रहेको धारणा प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्