विराटनगरमा दुई पत्रकार पुरस्कृत

<span class='c1'>विराटनगरमा दुई</span> <span class='c2'>पत्रकार पुरस्कृत</span>

विराटनगर असार २८, विराटनगरमा क्रियाशिल पत्रकारद्वारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि द्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी युवा सक्रिय पुरस्कार र मिना श्रेष्ठ महिला सक्रिय पुरस्कार २०७३ बाट बिराटनगरका दुई पत्रकारलाइ पुरस्कृत गरिएको छ ।
सोमबार सहकारीको पाँचौं स्थापना दिवसको अवसरमा नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर र इन्क मासिककी सम्पादक इन्दिरा भट्टराईलाई पुरस्कृत गरिएको हो ।

पुनरावेदन अदालतका निमित्त मुख्य न्यायधिश कुमारप्रसाद पोखरेलले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत मानन्धरलाई २१ हजार नगद राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी यूवा सक्रिय पत्रकारिता पुरस्कार र भट्टराई नगद दश हजार राशीको मिना श्रेष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्