विराटनगर । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका साढे ८ बजे मोरङको लेटाङ नगरपालिका-३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा स्पास्पेन-३ सय १२ र ट्रमाडोल- ३ सय चक्की औषधी फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट त्रियुगा-४ का १७ बर्षीय आयुस चौधरी र १८ बर्षीय दिपेश चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट फेनारगन, डाईजेपाम र नोरफिन गरि जम्मा १ सय २८ एम्पुल औषधी फेला पारेसगै पक्राउ गरेको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।