सामाजिक सञ्जालमा पोखिएका मेयर ‘हर्क साम्पाङ’

<span class='c1'>सामाजिक सञ्जालमा पोखिएका</span> <span class='c2'>मेयर ‘हर्क साम्पाङ’</span>

विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात ‘हर्क साम्पाङ’ अक्सर आफ्नो धारणा समाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्छन् । सामान्य विषयलाई पनि फेसबुकमा अटाउने उनी दैनिक जस्तो अनगिन्ति स्टाटसहरु पोष्ट गर्छन् ।

यस्तैगरी उनले शनिबार एउटा स्टाट लेखे,‘ विरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक परिको मुद्दा लाग्नेछ र पूरै पब्लिक उठाएर माफियाहरु विरुद्ध जाइलाग्नेछौँ ! चुपो लागेर बस है ।’

उनले लेखेको स्टाटस जग्गा विवादको थियो । शनिबार बिहानै धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने नीजि व्यक्तिको थियो । तर, पनि उनले सो स्थानमा वृक्षारोपण गरेर फर्किए । त्यसो त उनलाई सो स्थानमा जग्गा धनी रोशन अधिकारीको परिवारले विरुवा नरोप्न र रोपे विरुवा फाल्दिने चेतावनी दिएको थियो । केही समय त्यहाँ अशान्ति छाएको थियो ।

रोशन अधिकारी धरानकै स्थायी बासिन्दा हुन् उनी नेपाली काँग्रेसबाट अघिल्लो कार्यकालमा धरान १ बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए । त्यसो त उनले सो स्थानबाट आफू वडाध्यक्ष हुनुभन्दा निक्कै अगाडि उनले जग्गा खरिद गरेर उक्त जग्गाबाटै धरान स्काई एड्भेन्चर प्रा.लि.कम्पनी खोलेर प्याराग्लाइडिङ उडाइरहेका छन् । सो स्थानमा ९ वर्षदेखि नीजि कम्पनी संचालन गर्दै आएको र पर्यटन मन्त्रालय, नगरपालिका, घरेलु कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायत सबैसँग दर्ता समेत गराइसकेको उनले बताए ।

भर्खरै मात्रै उड्डयन प्राधीकरणलाई लगभग ३ लाख रुपैयाँ तिरेर इजाजत लिएको बताउदै उनले प्याराग्लाइडिङ उडाउनका लागि सबै कागजात चुस्त राखेको समेत उनले जानकारी दिए । २० औं पटक किनबेच भएपछि आफूले उक्त जग्गा श्रीमती र भाउजुको नाममा खरिद गरेको बताए । उनले ८ लाख रुपैयाँ कठ्ठाको दरले चार कठ्ठा र उनको दाई राजु अधिकारीले २ कठ्ठा जग्गा किनेका बताए ।

उक्त जग्गा उनकी श्रीमती रोजिना अधिकारीको नाममा ४ कठ्ठा र भाउजु मथुरा अधिकारीको नाममा २ कठ्ठा जग्गा छ ।’ उनले हेमचन्द्र घिमिरेको श्रीमतीको नाममा रहेको जग्गा खरिद गरेका हुन् । उनले आफूले जग्गा खरिद गर्ने बेलामा पनि जग्गा विवादित हो भन्ने थाहा पाएको सुनाए ।

आफूसँग जग्गाको धनिपूर्जादेखि सबै प्रमाण रहेको उनको दाबी छ । ३/४ वर्ष अगाडि यहाँको धेरै जग्गाको विषयमा मुद्दा परेको छ र अहिले पनि चलिरहेको छ । त्यहाँ अदाललते खरिद विक्रीमा रोक लगाए पनि भोगचलन गर्न रोक लगाएको छैन,’ अधिकारीले भने ।
उनले नगरप्रमुख साम्पाङले अदालत जानु भन्दै विरुवा रोपेर गएको समेत बताए ।

उनले कम्पनीका पाटर्नर भुपाल चाम्लिङ सहित चार जना मिलेर प्याराग्लाइडिङ उडाइरहेका छन् । साम्पाङले रोपेर गएको विरुवा आफूले नउखल्ने तर हुर्कन भने नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्