महेन्द्र मोरङको तालाबन्दी खुलेन

<span class='c1'>महेन्द्र मोरङको</span> <span class='c2'>तालाबन्दी खुलेन</span>

बिनु तिम्सिना
विराटनगर, २९ असार । कुनै समयपूर्वकै शैक्षिक केन्द्रको रुपमा रहेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा समय–समयमा विवाद देखिँदै आएको छ । शैक्षिकस्तर खस्किएको गुनासो आइरहेको बेला क्याम्पसमा आर्थिक अनियमितता र कर्मचारी नियुक्तिको समेत विवाद चुलिँदै गएको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा असार १२ गतेदेखि त्रिवि प्राध्यापक संघ क्याम्पस इकाई समितिले क्याम्पस प्रमुख सरोज चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको छ । क्याम्पसमा सञ्चालित बिबिए, एमबिएसलगायतका कक्षाहरुबाट र अन्य स्रोतहरुबाट संकलन भएको वार्षिक हिसाबकिताबमा अनियमिता भएको भन्दै केही समयअगाडि प्राध्यापक भक्ति पौडेलको संयोजकत्वमा छानबिन समितिसमेत बनेको थियो । तर, सो समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगर्दै क्याम्पस प्रमुखले एकलौटी ढंगले पुनः विभिन्न पदपूर्तिका लागि पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको भन्दै आफूहरुले तालाबन्दी गरेको त्रिवि प्राध्यापक संघका केन्द्रीय सदस्य शैलेन्द्र सिवाकोटीले बताउनुभयो ।  विश्व विद्यालयको कार्यकारी परिषद्ले कर्मचारी पदपूर्तिका लागि निर्णय गरेको भए पनि क्याम्पसको व्यवस्थापन समितिलाई कुनै जानकारी नै नदिई विज्ञापन खुलाइएको उहाँको भनाइ छ । त्यस्तै प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस इकाइका सभापति वेदप्रसाद संग्रौलाले विज्ञापन स्थगित नगरुन्जेलसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला खोल्न नदिने बताउनुभयो । विधि र ऐनको खिलाफमा गएर क्याम्पस प्रमुखले एकलौटी ढंगबाट विज्ञापन खोलेकाले आफूहरु विरोधमा उत्रिएको उहाँको भनाइ छ । क्याम्पस प्रमुख चौधरीको साउनको अन्तिम सातादेखि कार्यकाल सकिँदैछ । आफू जाने बेलामा आफ्ना निकटस्थ व्यक्तिहरुलाई जागिर खुवाउने उद्देश्यले विज्ञापन प्रकाशित गरेको अन्य प्राध्यापकहरुको भनाइ छ ।  यता, क्याम्पस प्रमुख चौधरीले भने अनावश्यक राजनीति गर्ने उद्देश्यले तालाबन्दी भएको आरोप लगाउनुहुन्छ । क्याम्पसको हरेक आर्थिक हिसाबकिताब वार्षिक रुपमा सार्वजनिक गर्दै आएको उहाँको भनाइ छ । पटकपटक भिसीलाई क्याम्पसको अवस्थाका बारेमा जानकारी गराएपछि मात्रै विश्वविद्यालयले १३ जनाको पदपूर्तिका लागि निर्णय गरेको उहाँले जानकारी दिनुभयो । क्याम्पसमा भएका अधिकांश कर्मचारीको यसै आर्थिक वर्षदेखि कार्य अवधि सकिन लागेकाले कर्मचारी अभावमा क्याम्पस धरासायी भन्दै गइरहेको अवस्थामा विभिन्न नाममा तालाबन्दी र विरोध जनाएर क्याम्पसलाई थप धरासायी नबनाउन उहाँले आग्रहसमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्